
काठमाडौँ- चितवनमा बस दुर्घटना हुँदा घाइते हुने सबैको पहिचान खुलेको छ। नारायणगढ-मुग्लिन सडक अन्तर्गत सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ। घाइते हुनेमा दैलखकी निशा शाही, बर्दिया मधुवनका ४१ वर्षका सेतुबहादुर घर्ती मगर, बर्दिया बाँसगढीकी ३० वर्षकी गिता राउत ओली, राप्ती सुनारीकी ३८ वर्षीया पार्वती राजकोटी, र बर्दिया बाँसगढीका ३९ वर्षका दिनेश बहादुर रिजाल, नुवाकोटकी २३ वर्षीया रञ्जना महत्तो रहेका छन्।
बाँकेका ३१ वर्षका राम लखन चौधरी, नुवाकोट बिदुरकी २८ वर्षकी प्रियना तामाङ, बाँके कोहलपुरका ३८ वर्षका पूर्णबहादुर मल्ल, बाँकेकी २५ वर्षकी पूजा कठायत र सोही स्थानकी ३४ बर्षकी राधा शाही रहेको प्रहरीले जनाएको छ।
बर्दियाका ३१ वर्षका एमन राना, बाँकेका ३५ वर्षका दिल कुमारी मगर, सोही स्थानका १४ वर्षका अभिषेक मगर, १२ वर्षकी अस्मी मगर, बाँके कोलपुरका १७ वर्षका मनन बुढा क्षेत्री, कैलाली लम्कीचुवाका १८ वर्षका महेश कठायत, सोही स्थानका ६९ वर्षका नक्खी बुढा मगर र सुर्खेत वीरेन्द्रनगरका ३७ वर्षका रमेश चौधरी रहेको प्रहरीले जनाएको छ।
यस्तै, बर्दियाका नेपालगञ्जकी ३९ वर्षीया रिता घर्ती, काठमाडौँ चन्द्रागिरीका ५० वर्षका पारस पाण्डे, सुर्खेत चिनगाडका २४ वर्षका दुर्गा बहादुर साउद रहेका छन्। यस्तै बस चालक बाँके कोहलपुरका २७ वर्षका राजन गिरी, बस स्टाफ ५१ वर्षका इन्द्रबहादुर थापा मगर, बस स्टाफ सल्यानका २५ वर्षका सुजन खत्री रहेको चितवन प्रहरीले जनाएको छ।