
काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय मुग्लिन प्रमुख कार्यालयका अनुसारबस दुर्घटनामा बसमा सवार २८ मध्ये २३ जना घाइते भएका हुन्।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रकाशित: २७ माघ २०८१ ७:३५
प्रतिक्रिया