![सर्वाधिक मूल्यमा पुगेको अमेरिकी डलर आज कति?](https://himalpress.com/wp-content/uploads/2022/11/nrb_Nepal_Rastra_Bank_HQ_1651409225-1.jpg)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।
नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। आज युरो एकको खरिददर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ।
आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ।त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ।