![सिंहदरबारमा आगलागी, खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति](https://himalpress.com/wp-content/uploads/2025/02/476227926_609660788663058_938659200424744925_n.jpg)
काठमाडौँ- केहीबेरअघि सिंहदरबारमा आगलागी भएको छ। सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगो लागेको हो।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ८ बजेतिर आगो लागेको हो। यो तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत छ।
आगलागीको कारण खुलेको छैन। आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन।
प्रकाशित: २६ माघ २०८१ ९:५८
प्रतिक्रिया