![धोकेबाज शब्द आफैँलाई भनेजस्ताे लाग्छ : एलिना चौहान](https://himalpress.com/wp-content/uploads/2025/02/elina-chauhan.jpg)
काठमाडौँ- गायिका एलिना चौहानले आफूलाई नै धोकेबाज भनेर बोलाएकाे महसुस हुन थालेको बताएकी छन्। ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा शुक्रबार प्रस्तुति दिनुअघि दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।
‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ’, उनले भनिन्। दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन्।
यस्तै आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन’, उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।
यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौँ तिमी, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत गीत गाएकी थिइन्।
गायिका चौहानले काठमाडौँ जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।