
काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हन्टर’ को क्यारेक्टर पाेस्टर सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा कलाकार अरुण क्षेत्री छन्। उनकै तस्बिर पोस्टरमा छ। अरुणले गालामा हात राखेका छन्। उनको अनुहारमा रगत लतपतिएको छ।
जीवन सिंहले फिल्मको निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा एक्सनसहित रोमान्टिक शैलीमा सुदूरपश्चिमको कथा प्रस्तुत गरिने टिमले जनाएको छ। फिल्मको छायांकन पनि पश्चिम भेगमै गर्ने टिमको तयारी छ।
फिल्ममा अन्य कलाकारबारे खुलाइएको छैन्। फिल्मको प्रि-प्रोडक्सन चलिरहेको छ। अन्य कलाकार कोको रहने भन्ने खुलाइएको छैन। यसै फिल्मबाट जीवन सिंहले निर्देशनमा डेब्यु गर्दैछन्।
क्याच कुक इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुनेछ। फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।
ममता सिंह, राजा भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द र गोविन्द राज सह निर्माता रहेका छन्।