जुम्लामा ११ किलोमिटर सडक निर्माण

हिमाल प्रेस २५ माघ २०८१ ११:२१
8
SHARES
जुम्लामा ११ किलोमिटर सडक निर्माण प्रतिनिधिमूलक तस्बिर

जुम्ला- पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए। उनले भने,‘यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन्। ती योजनाका लागि १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ।’

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ। लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ।

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरू मर्मतसम्भार गरिने जानकारी दिए।

प्रकाशित: २५ माघ २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast