यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २४ माघ २०८१ १७:५१
40
SHARES
यस वर्षभित्र  ‘आइटिपार्क’  बनाउछौँ :  सञ्चारमन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक छ बताए।

उनले भने,‘काठमाडौँमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।’

कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान महासंघ) द्वारा बिहीबार आयोजित ३० औँ क्यान इन्फोटेक–२०२५ को आरम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए।

सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटिपार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछिपर्नु रहेको बताउँदै उनले आफु मन्त्रालयको तर्फबाट पूर्वाधार, आइटी नीति, एआई नीतिलगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए।

‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ,’ मन्त्री गुरुङले भने, ‘यस वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटिपार्क बनाउछौँ।’

त्यस्तै, मन्त्री गुरुङले एआई नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए। साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोरजी सबैका घर–घर पु¥याउने र फाइभजी काठमाडौँबाट सुरु गर्नेमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए।

दक्षिण एसियामै एआईको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भने, ‘सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ।’

प्रकाशित: २४ माघ २०८१ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast