पुलको लठ्ठा तान्दा भेरीमा खसेर युवकको ज्यान गयो

हिमाल प्रेस २४ माघ २०८१ १७:००
8
SHARES
पुलको लठ्ठा तान्दा भेरीमा खसेर युवकको ज्यान गयो तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

काठमाडौँ- सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका-१० स्थित भेरी नदीमा खसेर बेपत्ता अनिल घर्तीको निधन भएको छ। घर्ती र अर्जुन झाँक्री मगर निर्माणाधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेका थिए।  दुईजनामध्ये अनिलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका-२ स्थित प्वाङ बस्ने २४ वर्षीय घर्ती र १८ वर्षीय झाँक्री मगर नदीमा खसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजी कार्यका लागि परिचालन भएको थियो। बेपत्ता झाँक्रीको खोजीकार्य भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २४ माघ २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast