विदेशमा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति

हिमाल प्रेस २४ माघ २०८१ १६:४६
6
SHARES
विदेशमा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति

काठमाडौँ – मस्कटस्थित नेपाली राजदूतावासको पहलमा विदेशमा पहिलोपटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएको छ।

नेपाली राजदूतावासले ३१ जनवरीदेखि १ फेबु्रअरीसम्म आयोजना गरिएको राजदूतसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी कार्यक्रममा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएको हो।

ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई दूतावासबाटै वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको राजदूतावासले जनाएको छ।

राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको आरम्भ गरेका थिए।

कार्यक्रममा बोल्दै राजदूत अर्यालले वैधानिकीकरण श्रम स्वीकृतिको सेवाबाट ओमानस्थित नेपाली नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे। उनले नेपाली राजदूतावास नेपाली श्रमिकहरूको हकहित संरक्षणका लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

राजदूत अर्यालले सामाजिक सुरक्षा कोषको महत्व, वैध माध्यमबाट विप्रेषण प्रवाह, श्रमिकले के गर्ने नगर्ने लगायतका विषयमा प्रकाश पार्दै सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

महानिर्देशक खत्रीले विदेशमा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए।

मस्कटबाट करिब १ हजार एक सय किलोमिटर टाढा रहेको सालालमै राहदानी नवीकरण, वैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारीसहितको सेवा राजदूतावासले प्रदान गरेकाले नेपाली कामदारहरूले खुसी व्यक्त गरेका थिए।

कार्यक्रममा सलालास्थित नेपाली सोसल क्लबका प्रतिनिधि, स्वयंसेवकलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ माघ २०८१ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast