राजदूत यादवद्वारा ओहदाको प्रमाणपत्र पेस

हिमाल प्रेस २४ माघ २०८१ १६:१६
10
SHARES
राजदूत यादवद्वारा ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ- अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियाकी गनर्भर जेनरल स्याम मोस्टिन एसीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन्।

राजधानी क्यानबेरासिथत गभर्नमेन्ट हाउसमा आयोजित विशेष समारोहका बीच राजदूत यादवले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन्।

यस अवसरमा राजदूत यादव र गभर्नर जनरलबीच शिष्टाचार भेटवार्ता समेत भएको थियो। उनले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट गभर्नर जनरल स्यामलाई शुभेच्छा तथा शुभकामना व्यक्त गरेकी थिइन्।

साथै राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट अस्ट्रेलियाकी गभर्नर जनरल स्यामलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको दूतावासले जनाएको छ।

भेटवार्ताका क्रममा नेपाल र अस्ट्रेलियाबीचको आपसी समझदारी, विश्वास, सहयोग र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो।
कार्यक्रममा अस्ट्रेलियाली सरकारका विदेश मन्त्रालयका प्रतिनिधि, आधिकारिक सचिव, प्रोटोकल प्रमुख तथा राजदूत यादवका श्रीमान श्रीकृष्ण यादव र नेपाली दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा राजदूत यादवलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो।

प्रकाशित: २४ माघ २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast