प्रचण्डले रोस्ट्रमबाट कांग्रेसलाई सोधे यस्ता प्रश्न

हिमाल प्रेस २४ माघ २०८१ १६:०८
12
SHARES
प्रचण्डले रोस्ट्रमबाट कांग्रेसलाई सोधे यस्ता प्रश्न

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन, सामाजिक सञ्जाल नियमन विधेयक र कांग्रेसको वैचारिकीबारे प्रश्न सोधेका छन्। प्रचण्डले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै यस्तो प्रश्न सोधेका हुन्।

उनले भने, ‘प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहोर्‍याई-दोहोर्याई संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ। आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौँ कि नबोलौँ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईँहरूले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोस्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ।’

यसैगरी उनले कांग्रेसलाई सामाजिक सञ्जाल नियमन विधेयकबारे पनि कांग्रेससँग प्रश्न सोधेका छन्। उनले भने, ‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई। के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो। आज कता हुनुहुन्छ?’

यसैगरी उनले कांग्रेसलाई सत्ताका लागि मात्रै सहकार्यमा हो किन राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको भनेर प्रश्न गरे। उनले भने, ‘कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो? के हो तपाईहरुको वैचारिकी?’ उनले कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै ‘गतिशील’ देखिन थालेको व्यंग्य गरे।

प्रचण्डले भने, ‘माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरू पनि थिए कांग्रेसमा। कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए। पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए।’

देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै कांग्रेसले नयाँ सत्तागठबन्धन गरेको उनको भनाइ छ। गत स्थानीय निकायको उपचुनावमा दुई ठूला दलबीच गठबन्धन र एकअर्कालाई आफ्ना चुनावचिह्न भाडामा दिँदा कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर नसुनिएको बताए। ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईँहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रूपमा पुनरोदय भयो।’

देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड [सम्बोधनको पूर्ण पाठसहित]

प्रकाशित: २४ माघ २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast