![प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने](https://himalpress.com/wp-content/uploads/2024/07/prachanda-2-1.jpg)
काठमाडौँ- नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। तर, प्रचण्डले सम्बोधन गरेका थिएनन्।
प्रमुख प्रतिपक्षी दलको नेता भएर पनि सरकारले ल्याएका अध्यादेशलगायत विषयमा संसद्मा नबोलेको भन्दै प्रश्न उठेको थियो।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
प्रकाशित: २४ माघ २०८१ १०:५१
प्रतिक्रिया