![काराबाओमा स्तब्ध आर्सनल, ५६ वर्षपछि उपाधि नजिक न्युक्यासल](https://himalpress.com/wp-content/uploads/2025/02/new-castle.jpg)
काठमाडौँ- आर्सनल यो सिजनको पहिलो ट्रफी लिने बाटोबाट चुकेको छ। बुधबार राति न्युक्यासलसँगको खेलमा कारोबाओ कपमा हार व्यहोरेसँगै सिजनको पहिलो ट्रफी लिने लक्ष्य धकेलिएको हो।
सेन्ट जेम्स पार्कमा २-० को पराजयले आर्सनल काराबाओ कपको सेमिफाइनलमा समग्रमा ४-० को हार बेहोरेको थियो। न्युक्यासलका लागि ज्याकब मर्फी र एन्थनी गार्डनले निर्णायक गोल गरे। न्युक्यासलले मार्च १६ मा वेम्बली स्टेडियममा हुने फाइनलमा टोटनह्याम या लिभरपुलसँग खेल्नेछ। पहिलो लेगमा टोटनह्याम १-० अगाडि छ र फिर्ती खेल एनफिल्डमा बिहीबार हुनेछ।
उपाधि नजिक पुगेसँगै न्युक्यासल ५६ वर्षपछि मुख्य उपाधिका लागि लागि अब एक कदम मात्र टाढा छ। सन् १९६९ को इन्टर सिरिज फेयरपछि न्युक्यासले ठूलो उपलब्धि हात पार्न सकेको छैन।
न्युक्यासलले अब उपाधिका लागि वेम्बलीमा लिभरपुल र टोटनहम मध्य एक टोलीसँग भिड्नेछ। पहिलो हाफको १९ औँ मिनेटमा जाकोब मार्फीको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १-० ले अग्रता बनाएको न्युक्यासलले दोस्रो हाफमा थप १ गोल गर्यो। खेलको ५२ औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्यो।
प्रतियोगिताको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज लिभरपुल र टोटनहम भिड्दैछन्। सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध टोटनहम १-० ले अघि छ। दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल फाइनलमा पुग्न चाहन्छ। टोटनहम भने सोही लयलाई निरन्तरता दिने योजनामा छ।