काठमाडौँ- महिला त्रिदेशीय टी २० शृंखलाअन्तर्गत आज नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्यान्ह सवा १२ देखि सुरु हुने छ। जारी शृंखलामा अहिलेसम्म थाइल्यान्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ।
त्यस्तै नेदरल्यान्ड्सले भने अहिलेसम्म खेलेका ५ मध्ये ३ खेलमा जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।यो खेल थाइल्यान्डले जितेमा त्रिदेशीय शृंखलाको उपाधि जित्ने छ भने नेदरल्यान्ड्सले जितेमा उसको सम्भावना कायम रहने छ।
नेपाल भने शृंखलामा पाँचै खेलमा हार बेहोरेर उपाधि जितको दौडबाट यसअघि नै बाहिरिएको छ।
प्रकाशित: २४ माघ २०८१ ७:५४
प्रतिक्रिया