सरकारसँग सहमतिपछि रिहा भए ‘नो केबलकार’ अभियान्ता

हिमाल प्रेस २४ माघ २०८१ ७:१२
18
SHARES
सरकारसँग सहमतिपछि रिहा भए ‘नो केबलकार’ अभियान्ता 'नो केबल कार आन्दोलन' पक्षधरको प्रदर्शन।

काठमाडौँ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिन प्रदर्शन गर्ने तीन जना रिहा भएका छन्। सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन्।

तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार मादेन १० हजार रुपियाँ र लिम्बुद्वय ५-५ हजार धरौटीमा छुटेका हुन्।

पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको कसुरमा र लिम्बुद्वयलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

लिम्बूद्वयलाई गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडाबाट र मादेनलाई गत माघ १५ गते सदरमुकामबाट प्रहरीले पक्राउ गरेका थिए। ‘नो केबलकार’ समूहले आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई लगायतको माग राख्दै यातायात अनिश्चितकालीन बन्द गरेका थिए। आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति भएको थियो । गोरखापत्रबाट

प्रकाशित: २४ माघ २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast