अभिषेकको छलाङ्ग, आईसीसी रैंकिङमा दोस्रो स्थानमा

हिमाल प्रेस २३ माघ २०८१ २०:३१
10
SHARES
अभिषेकको छलाङ्ग, आईसीसी रैंकिङमा दोस्रो स्थानमा इंग्ल्यान्डविरुद्ध शतक प्रहारपछि सेलेब्रेसनमा अभिशेक शर्मा। तस्बिर : आईसीसी

काठमाडौँ- भारतीय क्रिकेट टिमका ओपनर ब्याटर अभिषेक शर्मा आईसीसी पुरुष टी–२० ब्याटिङ रैंकिङमा दोस्रो स्थानमा पुगेका छन्।

अभिषेक ३८ स्थान उक्लिँदै आईसीसी रैंकिङको दोस्रो स्थानमा पुगेका हुन्। आईसीसीले बुधबार रैंकिङ जारी गरेको हो।

अभिषेकले आफ्नो करियरको सर्वश्रेष्ठ इनिङ इंग्ल्यान्डविरूद्ध मुम्बईको वानखेडे स्टेडियममा खेलेका थिए। हालसाले भएको शृंखलाको पाँचौँ र अन्तिम खेलमा उनले १३५ रन बनाएका थिए।

अभिषेकले ५४ बलको सामना गर्दै १३५ रन जोडेका थिए। यो इनिङमा उनले १३ छक्का र सात चौका प्रहार गरेका थिए। टी–२० मा भारतीय ब्याटरको यो सर्वश्रेष्ठ इनिङ हो।

टी–२० ब्याटिङ रैंकिङमा अस्ट्रेलियाका ओपनर ट्रैविस हेड शीर्ष स्थानमा छन्।

प्रकाशित: २३ माघ २०८१ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast