नेपाल-भारत सम्बन्धमा कला संस्कृतिले समेत ठूलो योगदान गरेको छ : मन्त्री पाण्डे

हिमाल प्रेस २३ माघ २०८१ २०:१०
4
SHARES
नेपाल-भारत सम्बन्धमा कला संस्कृतिले समेत ठूलो योगदान गरेको छ : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पृथ्वी जोगाउन संतुलनको खोजी गरिनुपर्ने बताएका छन्।

बुधबारबाट राजधानीमा सुरु भएको ‘नेपाल–भारत रङ्ग महोत्सव’ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

विकासका नाममा भौतिक विकासलाई मात्र प्राथमिकता दिँदा पछिल्लो समय पृथ्वीमा विभिन्न समस्या देखिन थालेकाले पृथ्वी जोगाउन संतुलनको खोजी गरिनु पर्ने मन्त्री पाण्डेले बताएका हुन्।

उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा समेत हिउँ देखिन छोडिनु निकै चिन्ताको विषय भएको बताए। नयाँ सन्तुलनको खोजी गर्न रङ्गकर्मीहरुले ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो।

उनले कलालाई सिमानाले रोक्न नसक्ने बताउँदै नेपाल भारतको सम्बन्धमा कला संस्कृतिले समेत ठूलो योगदान गरेको दाबी गरे। महोत्सवमा नेपाल र भारतका छवटा नाटक प्रदर्शन गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast