झोलुंगे पुल निर्माणमा खटिएका दुई मजदुर भेरी नदीमा खसेर बेपत्ता

हिमाल प्रेस २३ माघ २०८१ १८:०१
12
SHARES
झोलुंगे पुल निर्माणमा खटिएका दुई मजदुर भेरी नदीमा खसेर बेपत्ता भेरी नदी । फाइल तस्बिर : राज बिक

सुर्खेत- सुर्खेतको भेरी नदीमा झोलुंगे पुल निर्माणमा खटिएका दुई जना मजदुर नदीमा खसेर बेपत्ता भएका छन्।

सुर्खेतको बराहताल गाउँपालिका-४ र पञ्चपुरी नगरपालिका-१४ जोड्नका लागि भेरी नदीमा झोलुंगे पुल निर्माणको काम भइरहेको छ। निमार्णाधीन पुलबाट भेरी नदीमा खसेर उनीहरू बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका-२, का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका प्रहरी नायव उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिए।

घटनास्थलत पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको डीएसपी डाँगीले बताए। सोही कामको सिलसिलामा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन्।

नेपाल सशस्त्र प्रहरी बल सुर्खेतका प्रहरी निरीक्षकको कमान्डमा ७ जना र नेपाल प्रहरीको ११ जनाको टोली उद्धार कार्यमा खटिएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित: २३ माघ २०८१ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast