स्विडेनमा गोलीकाण्डमा १० जनाको मृत्यु

हिमाल प्रेस २३ माघ २०८१ १५:१४
8
SHARES
स्विडेनमा गोलीकाण्डमा १० जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोली प्रहारमा १० जनाको मृत्यु भएको छ। प्रहरीले बुधबार घटनामा बन्दुकधारी पनि मरेको जनाएको छ। यद्यपि बन्दुकधारीले गोली प्रहार गर्ने कारण भने नखुलेको प्रहरीको भनाइ छ।

‘हत्यारा सहित ११ जनाको मृत्यु भएको छ,’ स्विडेनका प्रधानमन्त्रीले देशको इतिहासको ‘सबैभन्दा खराब सामूहिक गोलीकाण्ड’ भनी वर्णन गरेको ओरेब्रो सहरमा भएको नरसंहारबारे प्रहरीले एएफपीलाई बतायो।

स्विडेनमा विद्यालयमा यस्ता आक्रमणका घटनाहरू नगन्य रहेका छन्। तर स्विडेनले प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान लिने गिरोह हिंसासँग सम्बन्धित गोलीकाण्ड र बम विस्फोटको सामना गरेको छ।

धेरै स्विडेनी मिडियाले कालो पहिरन लगाएका बन्दुकधारीले वयस्क शिक्षा केन्द्र क्याम्पस रिसबर्गस्कामा आफैँमाथि गोली प्रहार गरेको बताएका छन्।

प्रहरीले घाइतेहरूको संख्या वा उनीहरू कति गम्भीर छन् भन्ने बारेमा टिप्पणी गरेन तर दक्षिणी ओरेब्रो क्षेत्रले मंगलबार गोली लागी घाइते भएका छ जनालाई अस्पताल लगिएको बताएको छ।

‘गोलीकाण्डका कारण अझै थाहा भएको छैन तर सबै संकेतहरूले अपराधीले एक्लै, वैचारिक उद्देश्य बिना काम गरेको देखाउँछ,’ ओरेब्रो प्रहरीले भन्यो।

मृतकहरू विद्यार्थी वा शिक्षक भएको यसबारे प्रहरीले खुलाएको छैन। यस्ता गोलीकाण्डहरू दुर्लभ भए पनि हालका वर्षहरूमा स्विडेनका विद्यालयहरूमा अन्य धेरै हिंसात्मक घटनाहरू भएका छन्।

सन् २०२२ मार्चमा दक्षिणी सहर माल्मोमा रहेको माध्यमिक विद्यालयमा १८ वर्षीय विद्यार्थीले दुई शिक्षकको छुरा प्रहार गरी हत्या गरेका थिए।

दुई महिनाअघि क्रिस्टियनस्टाडको सानो सहरको एक विद्यालयमा अर्को विद्यार्थी र एक शिक्षकलाई छुरीले घाइते बनाएको आरोपमा एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो।

सन् २०१५ अक्टोबरमा पश्चिमी सहर ट्रोलहट्टनको एउटा विद्यालयमा तरवार चलाउने आक्रमणकारीले गरेको जातीय आक्रमणमा तीन जनाको मृत्यु भएको थियो। उसलाई पछि प्रहरीले मारेको थियो।

प्रकाशित: २३ माघ २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast