नेदरल्यान्ड्सविरुद्ध नेपालले ब्याटिङ गर्ने

हिमाल प्रेस २३ माघ २०८१ १२:१२
6
SHARES
नेदरल्यान्ड्सविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौँ- महिला त्रिदेशीय टी २० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो। उपाधि दौडबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा छ। नेपाल पछिल्लो ४ खेलमा पराजित भएको थियो।

नेदरल्यान्ड्स भने आफ्नो तेस्रो जित हासिल गर्न चाहन्छ। नेदरल्यान्ड्सले पछिल्लो ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।

प्रकाशित: २३ माघ २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast