भारतीय सेना दिवसमा राजदूत श्रीवास्तवको प्रतिबद्धता : गोर्खा भर्तीमा सहभागी सेनाका पेन्सनवालाका लागि काम गर्छौँ

हिमाल प्रेस २३ माघ २०८१ ९:५८
28
SHARES
भारतीय सेना दिवसमा राजदूत श्रीवास्तवको प्रतिबद्धता : गोर्खा भर्तीमा सहभागी सेनाका पेन्सनवालाका लागि काम गर्छौँ

काठमाडौँ- भारतको ७७ औँ सेना दिवसको अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासमा पनि औपचारिक कार्यक्रम गरेर मनाइएको छ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्सल) केएम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रूपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल भारत सम्बन्धका विषयमा चर्चा गरेका थिए। उनले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे।

भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महारथी अशोकराज सिग्देललगायतले शुभकामना व्यक्त गरेका थिए। समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारको उपस्थिति थियो।

प्रकाशित: २३ माघ २०८१ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast