त्रिदेशीय महिला टी २० शृंखला : पाँचौ खेलबाट पहिलो जित हात पार्ने दाउमा नेपाल

हिमाल प्रेस २३ माघ २०८१ ८:१०
12
SHARES
त्रिदेशीय महिला टी २० शृंखला : पाँचौ खेलबाट पहिलो जित हात पार्ने दाउमा नेपाल

काठमाडौँ- त्रिदेशीय महिला टी २० त्रिदेशीय शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग आफ्नो पाँचौ खेल खेल्दैछ।खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।

जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ। शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो। दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्‍यो।

नेपालले मंगलबार थाइल्यान्डविरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन्। इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो। शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन्।

यो शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेका छैनन्। नेपाल तालिकाको पुच्छारमा छ। दोस्रो स्थानमा रहेको नेदरलयान्ड्सको चार खेलबाट चार अंक छ। बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ।

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ। थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ।

प्रकाशित: २३ माघ २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast