
काठमाडौँ- दैलेखमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार यो सामान्य भूकम्प हो।
भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि माघ ११ गते पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।
प्रकाशित: २३ माघ २०८१ ६:३३
प्रतिक्रिया