![२३ माघको राशिफल : वृषको नेतृत्व गर्दै विदेश जाने योग, मकरलाई अरूले गुनासो सुनाउने](https://himalpress.com/wp-content/uploads/2024/02/budhabarkorashifal.jpg)
मेष
काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
वृष
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
मिथुन
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कर्कट
स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।
सिंह
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।
कन्या
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ ।
तुला
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक
साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।
धनु
पढाइलेखाइमा प्रगति हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
मकर
काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।
कुम्भ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
मीन
व्यापार ब्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।