आईएल एण्ड एफएस इनर्जीको सेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति

हिमाल प्रेस २२ माघ २०८१ १८:३०
8
SHARES
आईएल एण्ड एफएस इनर्जीको सेयर खरिद गर्न विद्युत् प्राधिकरणलाई स्वीकृति

काठमाडौँ- सरकारले नेपाल-भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आईएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को शेयर खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ।

सरकारले ‘आईएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार एक सय ६३ कित्ता संस्थापक सेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। उनले  विभिन्न मन्त्रालयअन्तर्गतका निर्णय जानकारी दिँदै काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको बताए।

उक्त बैठकले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृहमन्त्रालयका सचिवबाट सम्पादन गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ। सरकारले सैनामैना नगरपालिका रूपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रूपन्देही जिल्लाको सैनामैना नगरपालिका-१० मा रहेको राष्ट्रिय वनको ३ दशमलव ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast