महिला क्रिकेट : चारै खेलमा नेपाल पराजित

हिमाल प्रेस २२ माघ २०८१ १५:४६
8
SHARES
महिला क्रिकेट : चारै खेलमा नेपाल पराजित तस्बिर सौजन्य : क्रिकेट एसोसिएसन नेपाल

काठमाडौँ- महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ। कीर्तिपुरस्थित मैदानमा मंगलबार भएको नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको हो। अब नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ। थाइल्यान्ड भने अपराजित छ।

थाइल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनाएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन्। उनले उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेकी थिइन्। यसैगरी कविता जोशीले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाएकी थिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो। नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्सँग तथा दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

प्रकाशित: २२ माघ २०८१ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast