प्रेस काउन्सिलमा तीन वर्षमा सूचीकृत भए एक हजार ६६६ अनलाइन

हिमाल प्रेस २१ माघ २०८१ २१:३६
10
SHARES
प्रेस काउन्सिलमा तीन वर्षमा सूचीकृत भए एक हजार ६६६ अनलाइन

काठमाडौँ- पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन्।

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज (सोमबार) काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो। काउन्सिलको तथ्यांकअनुसार हालसम्म ४ हजार ८७९ अनलाइन सूचीकृत भएका छन्।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताए। प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको उल्लेख गर्दै उनले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताए।

अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ। पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई पनि काउन्सिलले कक्षामा सहभागी गराउँदै आएको छ।

प्रकाशित: २१ माघ २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast