कुमारी बैंकको २४ औँ साधारणसभा सम्पन्न

हिमाल प्रेस २१ माघ २०८१ १८:३८
कुमारी बैंकको २४ औँ साधारणसभा सम्पन्न

काठमाडौँ- कुमारी बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ।

साधारणसभामा पेस भएका आर्थिक वर्ष २०८०/८१ का सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सानलगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहीत बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरू गर्दै जाने प्रतिवेद्धता समेत जनाएको छ।

प्रकाशित: २१ माघ २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast