संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् : मन्त्री पाण्डे

हिमाल प्रेस २१ माघ २०८१ १४:५०
10
SHARES
संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको बताएका छन्।

सोमबार प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तक विमोचन गर्दै यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘हामी जीवित सम्पदाहरूले धनी छौँ। विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।’

मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकतामाथि जोड दिए।

उनले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्ने बताए। पाण्डेले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए।

मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे।

प्रकाशित: २१ माघ २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast