नेदरल्यान्ड्सविरुद्ध थाइल्यान्ड ८६ रनमा समेटियो

हिमाल प्रेस २१ माघ २०८१ १३:४९
4
SHARES
नेदरल्यान्ड्सविरुद्ध थाइल्यान्ड ८६ रनमा समेटियो

काठमाडौँ- त्रिदेशीय महिला टी २० महिला शृंखलाको आफ्नो तेस्रो खेलमा थाइल्यान्ड नेदरल्यान्ड्सविरुद्ध सस्तैमा समेटिएको छ।

जारी खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो।

थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन्। फन्नीता मायाले ३१ बलमा १२ रन जोडिन्। नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान २ तथा इसा बेल भान डरले १ विकेट लिइन्। शृंखलामा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ। थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो।

नेदरल्यान्ड्स भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ।

प्रकाशित: २१ माघ २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast