यू १९ विश्वकपको उत्कृष्ट १२ मा पूजा महतो

हिमाल प्रेस २१ माघ २०८१ १३:०३
6
SHARES
यू १९ विश्वकपको उत्कृष्ट १२ मा पूजा महतो

काठमाडौँ- यू१९ विश्वकपको उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा महतो परेकी छन्। पहिलो पटक महिला विश्वकपमा सहभागी टिमको प्रतिनिधित्व गर्दै मलेसिया पुगेकी पूजाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

आईसीसीले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने १२ खेलाडीलाई ‘टिम अफ द टुर्नामेन्ट’का रूपमा राखेको छ। जहाँ छैटौँ नम्बरमा  पूजाको नाम सार्वजनिक भएको छ।  उनले विश्वकपमा अलराउन्ड प्रर्दशन गर्दै ७० रन र ९ विकेट लिएकी थिइन्। उनले एक खेलमा ९ रन खर्चिएर ४ विकेट हात परेकी हुन्। विश्वकपमा एसोसिएसट टिमबाट उत्कृष्टमा पर्ने पूजा एक्ली खेलाडी रहेकी छन्।

टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इंग्ल्यान्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन्। यू१९ विश्वकपको उपाधि भारतले हात परेको छ। दक्षिण अफ्रिकाविरुद्ध सानदार जित निकाल्दै भारत फेरि एक पटक च्याम्पियन बनेको हो।

https://www.icc-cricket.com/news/four-india-players-named-in-u19wc-2025-team-of-the-tournament

प्रकाशित: २१ माघ २०८१ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast