‘रंगी’ को ट्रेलरमा बाबुछोरीको प्रेम र संघर्ष

हिमाल प्रेस २१ माघ २०८१ १२:०५
2
SHARE
‘रंगी’ को ट्रेलरमा बाबुछोरीको प्रेम र संघर्ष

काठमाडौँ- फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बाबुछोरीको प्रेम र संघर्ष देखाउन खाेजिएकाे छ।

फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाल छन्। अभिनेता सलोन प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ मा प्रदर्शन हुनेछ।

फिल्म सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको छ। फिल्ममा सलोन, नम्रता, आयुषी, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायत कलाकारको अभिनय छ।

सुमन गजमेरको लेखन रहेको फिल्म सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सनमा बनेको छ।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम छन्।फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

प्रकाशित: २१ माघ २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast