अभिषेकसामु नतमस्तक इंग्ल्यान्ड

हिमाल प्रेस २१ माघ २०८१ ११:५९
14
SHARES
अभिषेकसामु नतमस्तक इंग्ल्यान्ड इंग्ल्यान्डविरुद्ध शतक प्रहारपछि सेलेब्रेसनमा अभिशेक शर्मा। तस्बिर : आईसीसी

काठमाडौँ- ओपनर अभिषेक शर्माको कीर्तिमानी शतकले भारतले इंग्ल्यान्डमाथि सानदार जित हात पारेको छ। दुई देशबीचको ५ खेलको टी २० शृंखलाको अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई सस्तैमा समेट्दै च्याम्पियन बनेको हो।

भारतको जितमा ओपनर अभिषेक निर्णायक बने। उनले सर्वाधिक १३५ जोड्दा इंग्ल्यान्डका लागि भारतले २४७ रनको विशाल लक्ष्य पस्केको थियो। इंग्ल्यान्डले अभिषेकलाई रोक्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो। १३५ रन जोड्दा अभिषेकको ब्याटबाट ५४ बलमा ७ चौका र १३ छक्का निस्केको थियो। छिटो शतक बनाउनेमा अभिषेक दोस्रो भारतीय क्रिकेटर बनेका छन्। यसअघि रोहित शर्माले सन् २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमा ५ चौका र १० छक्का प्रहार गरेका थिए।

यता, अभिषेकले बनाएको १३५ रन टी २० आईमा कुनै पनि भारतीयले बनाएको सर्वाधिक व्यक्तिगत उच्च स्कोर हो। यसअघि शुभमन गिलको नाममा कीर्तिमान थियो।

भारतले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १०.३ ओभरमा ९७ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ५५ रन जोडे। उनले २३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

जोकेब बेथहेलले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका लागि मोहम्मद सामीले ३, अभिषेक शर्मा, वरुण चक्रवर्ती र शिभम दुवेले समान २ तथा रवि बिश्नाईले १ विकेट लिए।

त्यसअघि मुम्बइस्थित वाङ्खडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनको विशाल योगफल तयार गरेको थियो।

प्रकाशित: २१ माघ २०८१ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast