कति छ आज काठमाडौँको तापक्रम?

हिमाल प्रेस २१ माघ २०८१ ८:३२
2
SHARE
कति छ आज काठमाडौँको तापक्रम? काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको तापक्रम घट्दै जान थालेको छ। बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसयता न्यूनतम तापक्रम लगातार घटिरहेको छ। शुक्रबार ६.२, शनिबार ५.८ र आइतबार ४.५ डिग्री सेल्सियस मापन भएको थियो।

सोमबार बिहान पनि न्यूनतम तापक्रम त्यति धेरै घटबढ भएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५स्४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।

प्रकाशित: २१ माघ २०८१ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast