विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा सरस्वती पूजा मनाइन्छ : राष्ट्रपति

हिमाल प्रेस २१ माघ २०८१ ७:०९
6
SHARES
विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा सरस्वती पूजा मनाइन्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा सरस्वती पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन्।

उनले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना दिएका छन्।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उनले उल्लेख गरेका छन्। संगीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।

नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रूपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्साउँछ।

प्रकाशित: २१ माघ २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast