नेपाल पुलिसले जित्यो टाइगर कप भलिबल उपाधि

हिमाल प्रेस २० माघ २०८१ १७:२९
8
SHARES
नेपाल पुलिसले जित्यो टाइगर कप भलिबल उपाधि

पोखरा– नेपाल पुलिस क्लबले एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार पोखरामा पुरुषतर्फ फाइनलमा घरेलु टिम गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै पुलिसले उपाधिसहित ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।

रोमाञ्चल खेलमा पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै साविक उपविजेता पुलिसले यसपालि उपाधिमाथि कब्जा जमाएको हो।

पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो। दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो। चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो।

शनिबार नै महिलातर्फ भएको फाइनलमा आयोजकले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको थियो।

प्रकाशित: २० माघ २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast