जनमतका अध्यक्ष राउतले संसदमा पेस गरे गैरसरकारी विधेयक

हिमाल प्रेस २० माघ २०८१ १७:१५
10
SHARES
जनमतका अध्यक्ष राउतले संसदमा पेस गरे गैरसरकारी विधेयक

काठमाडौँ- सत्ता साझेदार दल जनमत पार्टीले प्रतिनिधिसभामा जाति, रंगलगायतका आधारमा हुने भेदभाव कसुर र सजायसम्बन्धी विधेयक पेस गरेको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीका तर्फबाट संसद सचिवालयमा गैरसरकारी विधेयक पेस गरेका हुन्।

राउतले ‘जाति, रंग, क्षेत्र, भेषभुषा, राष्ट्रियता वा उत्पतिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेस गरेका छन्।

विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा प्रस्तुत गर्न आवश्यक प्रक्रिया पूरा गर्न उनले संसद सचिवालयसँग आग्रह गरेका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जनमत पार्टीका तर्फबाट गैरसरकारी विधेयक प्राप्त भएको बताए। विधेयकको विषयवस्तु अध्ययन भइरहेको बताउँदै उनले विधेयक दर्ता प्रक्रियामा रहेको जानकारी दिए।

प्रवक्ता गिरीका अनुसार सचिवालयमा प्राप्त भएको गैरसरकारी विधेयक सोमबारसम्म दर्ता हुनेछ। विधेयक दर्ता भइसकेपछि प्रतिनिधिसभामा पेस भएर नीति निर्माणको प्रक्रियामा जाने उनले बताए।

प्रतिनिधिसभाको नियमावलीमा गैरसकारी विधेयक ल्याउनसक्ने व्यवस्था रहेको छ।

प्रकाशित: २० माघ २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast