पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिनुहुँदैन : अध्यक्ष सुवेदी

हिमाल प्रेस २० माघ २०८१ १७:१८
58
SHARES
पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिनुहुँदैन : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिन नहुने बताएका छन्।

हिमालप्रेससँगको प्रश्नको उत्तर दिँदै अध्यक्ष सुवेदीले पालिकाभित्र शिक्षक सरुवाका लागि शर्त र मापदण्डहरू निर्माण गर्नेपर्ने बताए। अन्तरजिल्ला शिक्षक सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्नुपर्ने अध्यक्ष सुवेदीको भनाइ छ।

उनले भने,‘कस्तो कस्तो अवस्थामा मात्रै सरुवा हुने, कसरी मात्र सरुवा गर्न पाउने सर्श र मापदण्ड तयार गर्नुपर्छ। अहिले पालिकाले जथाभावी सरुवा गरेको छ। मुख्यकुरा त त्यो मापदण्ड कस्तो हुने? शर्त के राख्ने भन्ने कुरा त नियमावलीमा आउँछ। सबै कुरा ऐनमा आउँदैन।’

प्रकाशित: २० माघ २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast