सेयर बजारमा पाँच महिनायताकै उच्च कारोबार

हिमाल प्रेस २० माघ २०८१ १६:०२
8
SHARES
सेयर बजारमा पाँच महिनायताकै उच्च कारोबार

काठमाडौँ- सेयर बजारमा साताको पहिलो दिन पाँच महिनायताकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार दैनिक कारोबार रकम १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यसमा १,३०,९१३ कारोबारमार्फत २ करोड ४८ लाख ४८ हजार ८९ कित्ता सेयर खरिदबिक्री भएका छन्।

यो भदौ १९ यताको सबैभन्दा ठूलो कारोबार हो। पछिल्लोपटक भदौ १८ गते नेप्सेले १३ अर्ब ४ करोड रुपैयाँकारोबार गरेको थियो। यसैगरी आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २,७२७.५८ अंकमा बन्द भएको छ।

पछिल्लो पाँच सातामा नेप्से परिसूचक २,७०० अंक माथि पुगेको पहिलो पटक हो। यसअघि मंसिर २६ गते बजार २,७१५.७१ अंकमा बन्द भएको थियो। आइतबार २०२ कम्पनीका सेयरमूल्य वृद्धि भएका छन् भने ३७ कम्पनीका घटेका छन् र तीन कम्पनीका मूल्य स्थिर छन्।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ४१९.७० करोड रुपैयाँको कारोबार गर्दै सबैभन्दा बढी कारोबार गरेको कम्पनी बन्यो। दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (३५२.६९ करोड रुपैयाँ) र सिन्धु विकास बैंक लिमिटेड (३०६.१३ करोड रुपैयाँ) रहेका छन्।

सबै कारोबार समूहहरूले नाफा कमाएका छन्। माइक्रोफाइनान्स उप-सूचक ४.९२ प्रतिशत वृद्धिसहित सबैभन्दा बढी वृद्धि भएको क्षेत्र रहेको छ। त्यसपछि निर्जीवन बिमा (२.७१ प्रतिशत) र विकास बैंक (३.३८ प्रतिशत) उपसूचक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: २० माघ २०८१ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast