काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुईवटा विधेयक संसदमा दर्ता भएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ संसद सचिवालयमा दर्ता गराएका हुन्।
मन्त्री पाण्डेले उड्डयन सेवालाई प्रभावकारी बनाउन प्राधिकरण टुक्र्याउने योजना केहीअघि प्रस्तुत गरेका थिए। त्यहीअनुसार उनले संसदमा यी विधेयकहरू दर्ता गराएका हुन्।
नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास र विस्तार गर्न विधेयक पेस गरेको बताएका छन्।
प्रकाशित: २० माघ २०८१ १५:५२
प्रतिक्रिया