जसपा नेपालको बैठक : मोर्चालगायतका विषयमा छलफल

हिमाल प्रेस २० माघ २०८१ १५:०२
10
SHARES
जसपा नेपालको बैठक : मोर्चालगायतका विषयमा छलफल

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार पनि जारी छ। बालकुमारीस्थित पार्टी कार्यालयमा शनिबारदेखि बैठक सुरू भएको हो।

बैठकमा विषयगत छलफल भइरहेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रित भएर छलफल भइरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।

बैठकमा विशेषतः पार्टी सुदृढीकरणका लागि केन्द्रदेखि वडाास्तरसम्म चलेको अभियानका विषयमा छलफल भइरहेको जनाइएको छ।

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ भन्ने अभियान सञ्चालन गरेको थियो। दुई दिने बैठकको पहिलो दिन शतिबार कार्यकारिणी समितिका २३ सदस्यले अभियानसम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए।

मधेश केन्द्रित आठ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको ‘नो केबलकार आन्दोलनलगायतका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ।

दुई दिनदेखि जारी बैठक आज सम्पन्न हुनेछ।

प्रकाशित: २० माघ २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast