सीताको सानदार बलिङका बाबजुत नेदरल्यान्डले दियो १४१ रनको लक्ष्य

हिमाल प्रेस २० माघ २०८१ १३:५३
6
SHARES
सीताको सानदार बलिङका बाबजुत नेदरल्यान्डले दियो १४१ रनको लक्ष्य

काठमाडौँ- नेपाल महिला टी २० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा १४० रन जोड्यो।

नेदरल्यान्ड्सका लागि बाबेट्टी डि लिडेले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। हेथर सेइजर्सले २६ रन बनाउँदा ओपनर फेबे मोल्केन्बोइर र रोबिन रिज्कीले २१-२१ रन बनाए।

बलिङमा नेपालकी सीता रानामगरले ५ विकेट लिइन्। उनले १८औं ओभरमा ३ विकेट लिँदा १ रन मात्र दिएकी थिइन्। सीताले अन्तिम ओभरमा पनि २ विकेट हात पारिन् भने ४ रन मात्र खर्चिइन्। सीताले कुल ३ ओभरमा १२ रन खर्चिइन्।

सीताको यो टी २० मा उत्कृष्ट बलिङ हो। यसअघि उनले ५ विकेट लिँदा १६ रन खर्चिइएकी थिइन्। यस्तै मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशी र इन्दू बर्माले १-१ विकेट हात पारे।

सिरिजको सुरूवाती दुई खेलमा नेपालले पराजय भोगिसकेको छ। नेपालले बिहीबार नेदरल्यान्ड्स र शनिबार थाइल्यान्डसँग हार ब्यहोरेको थियो।

प्रकाशित: २० माघ २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast