नेदरल्यान्ड्सविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने

हिमाल प्रेस २० माघ २०८१ १२:०२
4
SHARES
नेदरल्यान्ड्सविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने

काठमाडौँ- त्रिदेशीय महिला टी २० शृंखलामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ। नेदरल्यान्ड्सका कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी छिन्।

शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलका क्रममा घाइते भएकी कविता कुवँरको स्थानमा रेवती धामीले टिममा मौका पाएकी छिन्। रेवतीले नेपाली टोलीबाट डेब्यु पनि गरेकी छिन्। दुवै टोली शृंखलामा दोस्रो पटक आमनेसामने हुँदैछन्। नेपाललाई पहिलो भेटमा नेदरल्यान्ड्सले पराजित गरेको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्यान्ड्स दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

नेपालको प्लेइङ ११

इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रेवती धामी, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर

प्रकाशित: २० माघ २०८१ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast