दर्शनमा आधारित जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’

हिमाल प्रेस २० माघ २०८१ १२:०८
12
SHARES
दर्शनमा आधारित जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’

काठमाडौँ- ग्राफिक्स डिजाइनर जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’ लोकार्पण भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यक्रम गर्दै उपन्यासको लोकार्पण गरिएको हो।

तिमल्सिनाको यो पहिलो उपन्यास हो। कार्यक्रममा प्रा.डा. ज्ञानु पाण्डेले पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै उपन्यासको साराशं शीर्षकमै सांकेतिक शैलीमा आएको बताइन्। पहिलो कृतिमार्फत जीवनदर्शनप्रति चिन्तन प्रस्तुत गरेकाे भन्दै उनले लेखक तिमल्सिनालाई शुभकामना दिइन्।

उपन्यासकाे शीर्षक र आवरणले आफूलाई आकर्षित गरेकाे भन्दै उनले पाठक पनि प्रभावित हुनसक्ने बताइन्। ‘गायत्री मन्त्रलाई सम्झाउने शीर्षक र आवरणमै ऋषिको तेस्रो आँखा खुला रहेको देखाइएको छ। चेतनाको आँखा खुलेपछि बाहिरीजगत हेर्न वास्तविक आँखाको आवश्यकता पर्दैन भन्ने सार आवरणले खुलाएको छ।’ उनले भनिन्।

दर्शनले समेट्ने जीवन, सम्बन्ध, मृत्यु, अस्तित्व सत्य/असत्यलगायतका विविध विषय उपन्यास समेटिएको उनले उल्लेख गरिन्। उपन्यासमा विवेक, दीपेन्द्र र सुयोगको तीन सहपाठीको कथामार्फत जीवन दर्शनको विचार प्रस्तुत गरिएको उनको बुझाइ छ।

साहित्यकार तथा समीक्षक महेश पौड्यालले आफ्नो लागि ‘धीमहि’ सुदूरकथाजस्तो लागेको बताए। सामाजिक सञ्जालमामात्र सीमित भएको साथीत्वको भावलाई गहिराईमा टेकेर पुस्तक प्रकाशन गर्नु तिमल्सिनाको फरक बाटो देखिएको पौड्यालको भनाइ थियो। ‘जीवनको अर्थ खोज्ने उपन्यासहरुको लाइनमा धीमहि राख्नुपर्छ। यो उपन्यासलाई मानिसभित्रको द्वन्द्व र द्वन्द्व व्यवस्थापनको मार्गमाथि लेखिएको पुस्तक भन्छु’ उनले भने।

साहित्यकार भुवनहरि सिग्देलको सभापतित्वमा लोकार्पण भएको पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

प्रकाशित: २० माघ २०८१ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast