काठमाडौँ- नेपाल समाजवादी विद्यार्थी युनियन (नयाँ शक्ति) को अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय भवनमा यही माघ १६ र १७ गते भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रम्तेल निर्वाचित भएका हुन्।
अध्यक्षका लागि बलबहादुर रम्तेल र साधुराम नेपालीबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्षका लागि सुरुमा टंकप्रसाद धमला, रम्तेल र ओम नारायण महतोबीच प्रतिस्पर्धाको चर्चा थियो।
अध्यक्षका अर्का आकांक्षीहरू धमला र महतो आन्तरिक कारण देखाउँदै पछि हटेपछि बलबहादुर र साधुरामबीच चुनाव भएको थियो।
महाधिवेशनमा उपस्थित ६ सय प्रतिनिधिमध्ये १७२ ले मत हालेका थिए। जसमा रम्तेलले १२६ र साधुरामले ३३ मत ल्याएका थिए। अन्य मत बदर भएको थियो।
यी हुन् नवनिर्वाचित पदाधिकारी
महाधिवेशनबाट युनियनको २५ पदाधिकारीसहित ९९ सदस्य निर्वाचित भएका छन्। अध्यक्ष : बलबहादुर रम्तेल, उपाध्यक्ष : ओमनारायण महतो (खुला), उपाध्यक्ष : भरत ढकाल (खुला), उपाध्यक्ष : विशाल तिमिल्सिना (खसआर्य), उपाध्यक्ष : सुभाष न्यौपाने (पिछडिएको क्षेत्र), उपाध्यक्ष : सन्तोष नेपाली (दलित), उपाध्यक्ष : नागमा मिकरानी (मुस्लिम महिला), उपाध्यक्ष : मिना राई (आदिवासी जनजाति महिला), महासचिव : अनिल कुमार पटेल (खुला), महासचिव : आस्था नेपाली (महिला अनिवार्य), उपमहासचिव : सुनिल धिताल (टि.यू), उपमहासचिव : पशुपति ठाकुर (पूर्वाञ्चल युनियन), सचिव : टेकराज कडेल (लुम्बिनी), सचिव : सुजन गर्तौला (गण्डकी), सचिव : रमेश देवकोटा (अभय) (बागमती) र कोषाध्यक्ष : सुरेन्द्र यादव पदाधिकारी छन्।