प्रिमियम लिगमा लिभरपुलको रफ्तार कायमै

हिमाल प्रेस २० माघ २०८१ ७:३१
4
SHARES
प्रिमियम लिगमा लिभरपुलको रफ्तार कायमै

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको लिग लिडर लिभरपुलले रफ्तार कायमै राखेको छ। शनिबार राति बोर्नेमाउथलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा दूरी बढाएको छ।

जितसँगै लिभरपुलले २३ खेलबाट ५६ अंक पुर्‍याएको छ। जुन दोस्रो स्थानको आर्सनलभन्दा ९ अंक बढी हो। समान खेल खेलेको आर्सनल र नटिंघम फरेस्टको समान ४७ अंक छ।

लिभरपुलका लागि मोहम्मद सलाहको दुई गोल गरेका थिए। उनकै २ गोलको माध्यमले लिभरपुलको दूरी बढाउन सफल भयो।सलाहले ३०औं मिनेटमै पेनाल्टीमार्फत लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ७५औं मिनेटमा उनले कर्टिस जोन्सको क्रसमा अर्को गोल थप्दै लिभरपुललाई १७औं जित दिलाए।

बोर्नेमाउथ भने एक खेल बढी खेल्दै ४० अंकसहित सातौं स्थानमा छ।

प्रकाशित: २० माघ २०८१ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast