सामान्य विवादले छिमेकीले प्रहार गरे लाठी, कुटाइ खाएको २ दिनपछि मृत्यु

हिमाल प्रेस २० माघ २०८१ ६:२७
8
SHARES
सामान्य विवादले छिमेकीले प्रहार गरे लाठी, कुटाइ खाएको २ दिनपछि मृत्यु

झापा- झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ। दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको दमकस्थित लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २० माघ २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast