डलर कीर्तिमानी मूल्यमा स्थिर, कति कोरियन वान?

हिमाल प्रेस २० माघ २०८१ ६:१८
8
SHARES
डलर कीर्तिमानी मूल्यमा स्थिर, कति कोरियन वान?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।

नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य साताको अन्त्यतिर पुनः बढेर उच्च बनेको हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा छ।

आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा छ।

आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ। बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४० पैसा छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

प्रकाशित: २० माघ २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast