जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

हिमाल प्रेस १९ माघ २०८१ १६:५५
10
SHARES
जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) चितवनले शनिबार आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए।

माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको बताउँदै उनले अहिले आफू पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ बताए।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गंगा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए।

प्रकाशित: १९ माघ २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast